हाम्रो परिचय

परिचय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन एवं सर्वाङ्गीण विकास गर्न, सङ्गीत तथा नाट्य विधामा अध्ययन एवं अनुसन्धान गर्न, गराउन तथा सम्बन्धित क्षेत्रका विद्वान् तथा प्रतिभाहरुको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ बमोजिम स्थापना भएको  हो । नेपालमा गणतन्त्रको स्थापनासँगै साबिक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत–नाट्य तथा साहित्य  विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था भएपछि ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ ’ बमाेजिम २०६७ बैशाख १० गते स्थापना भएकाे एक स्वायत्त स‌ंस्था हाे । यस प्रज्ञा प्रतिष्ठानकाे प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री तथा संरक्षक माननीय स‌ंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेकाे छ ।  मुख्य काम /कर्तव्य सङ्गीत तथा नाट्य विधालाई विश्व समक्ष परिचित गराउने, सङ्गीत

पूरा पढ्नुहोस्

  गतिविधि

कथक नृत्य कार्यशाला सम्पन्न

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, भारतीय राजदुतावा र स्वामी विवेकानन्द कल्चर सेन्टरको आयोजनामा मिति २०८१ मङ्सिर २५ गते सोमबार एक दिने कथक नृत्य कार्यशाला सम्पन्न भयो । कार्यशाला काठमाडौँ जमलस्थित सांस्कृतिक संस्थानको मिनी हलमा आयोजित उक्त कार्यशालालाई छिमेकी राष्ट्र भारतकी

पूरा पढ्नुहोस्

प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रगति प्रतिवेदन विभागीय मन्त्रीसमक्ष पेश

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष मिति २०८१ कात्तिक २७ गते पेश गरियो । प्रज्ञा–प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महराका अनुसार कुलपति निशा शर्मा पोखरेल

पूरा पढ्नुहोस्

गल्याङ प्रज्ञा–प्रतिष्ठानको  प्राज्ञिक विमर्शमा सदस्य सचिव महरा सहभागी 

काठमाडैँ । गण्डकी प्रदेश, स्याङ्जा जिल्ला गल्याङ नगरपालिकाको गल्याङ प्रज्ञा–प्रतिष्ठानद्वारा यही कार्तिक २४ गते शनिबारका दिन आयोजित ‘स्थानीय प्रज्ञा–प्रतिष्ठान विषयक’ प्राज्ञिक विमर्श कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा सहभा

पूरा पढ्नुहोस्

  सामाजिक संजाल