नृत्य क्षेत्रको विकासमा नृत्य निर्देशक तथा संघसंस्थाको भूमिका’ विषयक सङ्गोष्ठी सम्पन्न
२०८१/०३/०१
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नृत्य विभागको आयोजनामा ‘नृत्य क्षेत्रको विकासमा नृत्य निर्देशक तथा संघसंस्थाको भूमिका’ विषयक सङ्गोष्ठी सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा गत शनिबार असार १ गते सांस्कृतिक संस्थानमा सङ्गोष्ठी आयोजना गरिएको हो ।
सङ्गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कुलपति भुपाल राईले लेआ बलमधँखदम हगमडि विकास भएको मानिने नृत्य कलाले खुसी, दुःख, संस्कारलाई अभिव्यक्त गर्ने बताउँनुहुँदै करिब १२५ भाषा बोल्ने र १४० जातजातिले बसोबास गर्ने मुलुकमा हरेक समुदायसँग आफ्नो पहिचान, संस्कृति र कला झल्काउने मौलिक नृत्य भएको र ती सबै मौलिक नृत्यको संरक्षणका लागि सरोकारवाला संस्थाले अध्ययन र योजना सहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नृत्य विभाग प्रमुख बखत बहादुर हमालले नेपाली पहिचानसँग जोडिएको नृत्यको प्रवद्र्धनका लागि नृत्य क्षेत्रमा क्रियाशिल संघसंस्था तथा अग्रज सर्जकहरुसँग समन्वय र सहकार्य गर्र्दै प्रज्ञा प्रतिष्ठान निरन्तर अगाडि बढिरहेको जानकारी दिनुभयो ।
नृत्य निर्देशक संघ नेपालका सह सचिव रवि रानाले ‘नृत्य क्षेत्रको विकासमा नृत्य निर्देशक तथा संघसंस्थाको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमा वरिष्ठ चर्या नृत्य निर्देशक चन्द्रमान मुनिकार तथा लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र के.सीले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापा, नृत्य निर्देशक संघका सचिव ऋषिकेश श्रेष्ठ, प्राज्ञ महेश्वर सुनारले नृत्य क्षेत्रको विकासका लागि अवलम्बन गर्नुपर्ने रणनीतिका विषयमा आफ्ना विचार प्रस्तुत गर्नु भयो ।
प्रज्ञा–प्रतिष्ठानका कर्मचारी जगदिश सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रममा प्राज्ञ टिका पुन, प्राज्ञ हिसन मगर, प्राज्ञ डक्टर राई, वरिष्ठ नृत्य निर्देशक के.पी पौडेल लगायत नृत्य क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।



English
नेपाली
सेश्रा इनोभेसन