पाल्पामा ८ दिनको ध्वनी, प्रकाश, अभिनय र निर्देशन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

नेपाल सङ्गीतथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा अभियान नाट्य समूहको समन्वयमा ८ दिने ध्वनी, प्रकाश, अभिनय र निर्देशन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको रङ्गमञ्च विभागले २०८०पाैष १७ गतेदेखि २४ गते सम्म पाल्पाको तानसेन नगरपालिकामा कार्यशाला आयोजना गरेको हो । रङ्गकर्मी राजकुमार पुडासैनीले प्रकाश, अभिनय, र निर्देशनका विविध पक्षका बारेमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो । आदीत्य कटवालले नाटकमा ध्वनीको प्रयोग र महत्वका बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यशालामा रङ्गकर्मी राजकुमार पुडासैनीले ३ दिन प्रकाश, २ दिन अभिनय र निर्देशन र आदीत्य कटवालले ३ दिन ध्वनी सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षण दिइएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्मा उपस्थित हुनुभएको कार्यक्रममा १७ महिला र ८ पुरुष गरी २५ जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिनुभएको थियो । पौष २४ गते आयोजित कार्यशालाको समापन समारोहमा प्रशिक्षण लिनुभएका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यशाला व्यवस्थापनमा सामाजिक स्रोत बिकास केन्द्र नेपाल पाल्पाले सहयोग गरेको थियो ।