वृहत शास्त्रीय सङ्गीत प्रस्तुति सम्पन्न

२०८१ असार ०९ गते
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय सङ्गीत विभागद्वारा राजधानीमा आइतबार वृहत शास्त्रीय सङ्गीत प्रस्तुति सम्पन्न गरेको छ । 
पूर्व मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय सङ्गीत विभागको आयोजना र नेपाल शास्त्रीय सङ्गीत समाजको सह आयोजनामा सम्पन्न कार्यक्रममा कलाकारहरुले शास्त्रीय गायन, सङ्गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री किरातीले सङ्गीतको जरा मानिने शास्त्रीय सङ्गीतको मर्म र गौरवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता प्रस्तुतिको आवश्यकता पर्ने बताउनु भयो । 
परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख प्राज्ञ डक्टर राई प्रज्ञा–प्रतिष्ठान मार्फत शास्त्रीय सङ्गीत सम्बन्धी गतिविधीलाई बढाउँदै लगिएको बताउनुभयो । 
कार्यक्रममा कलाकार सुनील शाहीले भीम पलासी राग, रविनदास श्रेष्ठ , नेनिशा पौडेल लगायतले विभिन्न रागमा प्रस्तुति दिनुभएको थियो । बाद्यवादनमा जगन्नथ धौवडेल, श्री केसी, गायत्री राना, कुन्दन पाठक, सरिता लिम्बु, दिनेश कपाली, मिलेन तण्डुकार, सन्तोषभक्त श्रेष्ठ, सपना थापा र सरस्वती अधिकारीले साथ दिनुभएको थियो ।