सुर्खेतमा लोक तथा शास्त्रीय नृत्य प्रशिक्षण सम्पन्न
२०८१ जेठ ५गते । विरेन्द्रनगर सुर्खेत
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागको आयोजनामा लोक तथा शास्त्रीय नृत्य प्रशिक्षण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
माननीय प्रदेश प्रमुख तिलक परियारज्यू को प्रमुख आतिथ्यतामा सुर्खेत, विरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको हलमा समुद्घाटन भएको कार्यक्रम जेठ ३ गते समापन भएको हो ।
कर्णाली प्रदेशका मुख्य मन्त्री यामलाल कँडेलको प्रमुख अतिथ्यता तथा नृत्य विभाग प्रमुख बखत बहादुर हमालको अध्यक्षतामा लोक तथा शास्त्रीय नृत्य प्रशिक्षण कार्यक्रम समापन गरिएको हो ।
कर्णाली प्रदेशका दशवटै जिल्लाको प्रतिनिधित्व गर्दैै विद्यालयस्तरका १२५ जना विद्यार्थीहरुको प्रशिक्षण कार्यक्रममा सक्रियताका साथ सहभागी जनाएका थिए । प्रशिक्षण कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली , भुवनदास श्रेष्ठ तथा याम गुरुङद्वारा विभिन्न लोक तथा शास्त्रीय विधाका नृत्यहरुका बारेमा सहभागी प्रशिक्षार्थीहरु प्रशिक्षित गएिको थियो ।
प्रमुख अतिथिबाट कार्यक्रममा सहभागी प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
बागीना समूह सुर्खेतको स्थानीय व्यवस्थापनमा आयोजित कार्यक्रममा प्राज्ञ टिका पुन, वरिष्ठ लोकगीत संकलक तथा मादलविद् प्रेमदेव गिरी, गंगा केसी लगायतका वरिष्ठ कलाकारहरुको उपस्थिति रहेको थियो ।
#DanceWorkshop #dancetraining #folkdance #classicaldance