नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले ८५ औँ अम्बर जयन्ती मनायो
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सङ्गीतज्ञ अम्बर गुरुङको ८५ औँ जन्मजयन्ती मनाएको छ । यही फागुन १४ गते आइतबार प्रतिष्ठानको सभाहलमा प्रतिष्ठानको संस्थापक कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार समेत रहेका वरिष्ठ सङ्गीतज्ञ गुरुङको तश्विरमा माल्यार्पण गर्दै उहाँको योगदानबारे परिचर्चा समेत गरियो ।
सङ्गीतज्ञ गुरुङबारे नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भू राई, प्राज्ञ डक्टर किरात लगायतले चर्चा गर्नु भएको भएको थियो ।
कार्यक्रमका विशेष अतिथि कुलपति राईले गीत, सङ्गीत र गायनका त्रिवेणी अम्बर गुरुङ नेपाली आधुनिक सङ्गीतका एक महारथि भएको चर्चा गर्नुभयो । समकालीन नेपाली सङ्गीतमा स्थापित प्रायः सङ्गीतकर्मीहरु गुरुङबाटै दीक्षित रहेको र आफूले पनि गीतकारको हैशियतमा पचासको दसकदेखि गुरुङको सान्निध्यता पाएको स्मरण गर्नु हुँदै कुलपति राईले आगामी दिनमा नेपाल प्रज्ञा–प्रतिष्ठानले समेत उहाँको जन्मजयन्ती भव्य रुपमा मनाउने योजना रहेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले अहिलेका नयाँ पुस्ताले पनि उत्तिकै रुचाएका अम्बर गुरुङ कहिल्यै नअस्ताउने तारा भएको बताउनुभयो । विगतका वर्षदेखि मनाउँदै आएको अम्बर गुरुङ जन्मजयन्ती मनाउने परम्परालाई प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । त्यसै गरी उपकुलपति शम्भू राईले अम्बर गुरुङ पूर्वीय र पाश्चात्य सङ्गीतको एक सिद्धहस्त साधक भएको भन्दै उहाँले नै नेपाली स∙ीतमा पहिलो पटक पाश्चात्य सङ्गीतको ‘क्वायर’को प्रयोग गरेको बताउनुभयो । परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख प्राज्ञ डक्टर किरातले नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापति गर्न सबल स∙ीतज्ञ गुरुङलाई आफूले रसिक श्रष्टाको रुपमा समेत पाएको स्मरण गर्नुभयो ।
कार्यक्रममा अम्बर गुरुङको दुई वटा सिर्जना समेत प्रस्तुत गरिएको थियो । प्राज्ञसभासदस्य राधा राईले गुरुङको रचना तथा सङ्गीत र शान्ति ठटालले गाउनु भएको ‘सम्हालेर राख...’ र प्राज्ञसभासदस्य कला राईले हरिभक्त कटुवालको रचना, नारायण गोपालको स्वर र गुरुङको स∙ीत रहेको ‘पोखिएर घामको झुल्का...’ गीत प्रस्तुत गर्नु भएको थियो । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुष्मा महरा, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञपरिषद् सदस्यहरु, प्राज्ञसभा सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा स∙ीतविभाग प्रमुख प्राज्ञ कर्णबहादुर गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो ।
ज्ञ अम्बर गुरुङको ८५ औँ जन्मजयन्ती मनाएको छ । यही फागुन १४ गते आइतबार प्रतिष्ठानको सभाहलमा प्रतिष्ठानको संस्थापक कुलपति एवम् राष्ट्रगानका रचनाकार समेत रहेका वरिष्ठ सङ्गीतज्ञ गुरुङको तश्विरमा माल्यार्पण गर्दै उहाँको योगदानबारे परिचर्चा समेत गरियो ।
सङ्गीतज्ञ गुरुङबारे नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति भूपाल राई, नेपाल स∙ीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भू राई, प्राज्ञ डक्टर किरात लगायतले चर्चा गर्नु भएको भएको थियो ।
कार्यक्रमका विशेष अतिथि कुलपति राईले गीत, सङ्गीत र गायनका त्रिवेणी अम्बर गुरुङ नेपाली आधुनिक सङ्गीतका एक महारथि भएको चर्चा गर्नुभयो । समकालीन नेपाली सङ्गीतमा स्थापित प्रायः स∙ीतकर्मीहरु गुरुङबाटै दीक्षित रहेको र आफूले पनि गीतकारको हैशियतमा पचासको दसकदेखि गुरुङको सान्निध्यता पाएको स्मरण गर्नु हुँदै कुलपति राईले आगामी दिनमा नेपाल प्रज्ञा–प्रतिष्ठानले समेत उहाँको जन्मजयन्ती भव्य रुपमा मनाउने योजना रहेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले अहिलेका नयाँ पुस्ताले पनि उत्तिकै रुचाएका अम्बर गुरुङ कहिल्यै नअस्ताउने तारा भएको बताउनुभयो । विगतका वर्षदेखि मनाउँदै आएको अम्बर गुरुङ जन्मजयन्ती मनाउने परम्परालाई प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । त्यसै गरी उपकुलपति शम्भू राईले अम्बर गुरुङ पूर्वीय र पाश्चात्य सङ्गीतको एक सिद्धहस्त साधक भएको भन्दै उहाँले नै नेपाली सङ्गीतमा पहिलो पटक पाश्चात्य सङ्गीतको ‘क्वायर’को प्रयोग गरेको बताउनुभयो । परम्परागत तथा शास्त्रीय स∙ीत विभाग प्रमुख प्राज्ञ डक्टर किरातले नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापति गर्न सबल स∙ीतज्ञ गुरुङलाई आफूले रसिक श्रष्टाको रुपमा समेत पाएको स्मरण गर्नुभयो ।
कार्यक्रममा अम्बर गुरुङको दुई वटा सिर्जना समेत प्रस्तुत गरिएको थियो । प्राज्ञसभासदस्य राधा राईले गुरुङको रचना तथा सङ्गीत र शान्ति ठटालले गाउनु भएको ‘सम्हालेर राख...’ र प्राज्ञसभासदस्य कला राईले हरिभक्त कटुवालको रचना, नारायण गोपालको स्वर र गुरुङको सङ्गीत रहेको ‘पोखिएर घामको झुल्का...’ गीत प्रस्तुत गर्नु भएको थियो । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुष्मा महरा, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञपरिषद् सदस्यहरु, प्राज्ञसभा सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा स∙ीतविभाग प्रमुख प्राज्ञ कर्णबहादुर गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो ।