नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाडौँ, ४ फागुन  नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नव नियुक्त प्राज्ञ परिषद पदाधिकारी तथा प्राज्ञ सभा सदस्यहरुले आफ्नो पदको सपथ ग्रहण गर्नुभएकाे छ । सिफारिस समितिमा रहेका संस्कृतिमन्त्री सुदन किराती, भाषाबिद डा.गोपाल ठाकुर र संगीतकर्मी राकेश राईको सिफारिसमा प्रधानमन्त्री दाहालले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नाट्यकर्मी निशा शर्माको नेतृत्वमा नयाँ पदाधिकारी नियुक्त गर्नुभएकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको बैठकले बुधबार तीनवटै प्रतिष्ठानको परिषद पदाधिकारी चयन गरेसँगै नवनियुक्त कुलपतिहरुले बिहिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालबाट आफ्नो पदको सपथ लिनुभयाे।

त्यसपछि अपरान्ह प्रतिष्ठानको कार्यालयमा  नव नियुक्त कुलपति शर्माले  उपकुलपित, सदस्यसचिव,  प्राज्ञ परिषद सदस्य र सभा सदस्यहरुलाई सपथ गराउनु भयाे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा चार वर्षका लागि निशा शर्मा कुलपति, शम्भु राई उपकुलपति, कुस्मा महरा (प्रगति) सदस्य सचिवमा नियुक्त हुनुभएकाे छ । यस्तै प्राज्ञ परिषद् सदस्यमा कर्णबहादुर गौतम बखतबहादुर हमाल, डक्टर राई, हिसनकुमार मगर, टीका पुन, चेतन सापकोटा हुनुहुन्छ ।

यसैगरी यस प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा राधा राई, पुरु लम्साल, विनितकुमार ठाकुर, सुरथ विष्ट, महेश्वर सुनार, कमलमणि नेपाल, दिलबन्धु यादव, कला राई, शान्ति कठायत, हरिप्रसाद पौडेल, सुरोजकुमार मादेन, टीकाराम राई विष्णु मोक्तान, देवकुमार चौधरी र भिषण मुकारुङ राई हुनुहुन्छ ।

सो क्रममा परिषद पदाधिकारी, प्राज्ञ सभा सदस्य र प्रतिष्ठानका कर्मचारीबीच परिचयात्मक कार्यक्रमसँगै पदाधिकारीको कार्य जिम्मेवारी ग्रहण कार्यपनि सम्पन्न भयो ।