गल्याङ प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक विमर्शमा सदस्य सचिव महरा सहभागी
काठमाडैँ । गण्डकी प्रदेश, स्याङ्जा जिल्ला गल्याङ नगरपालिकाको गल्याङ प्रज्ञा–प्रतिष्ठानद्वारा यही कार्तिक २४ गते शनिबारका दिन आयोजित ‘स्थानीय प्रज्ञा–प्रतिष्ठान विषयक’ प्राज्ञिक विमर्श कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा सहभागी हुनुभयो । गल्याङ नगरपालिकाको व्यवस्थापकीय संयोजन तथा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा गल्याङ नगरपालिकाको सभाहलमा उक्त विमर्श कार्यक्रम आयोजना गरिएको थियो ।
विमर्श कार्यक्रममा गल्याङ प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईÞद्वारा प्रस्तुत ९ बुँदे भावी कार्यक्रमबारे अतिथिवर्ग, स्थानीय स्रष्टा, राजीनीतिक दलका कार्यकर्ता र वडा अध्यक्षहरुबीच समूहगत छलफल गरिएको थियो । उक्त भावी कार्यक्रमबारे गरिएको समूहगत छलफलको टिप्पणी सङ्कलन प्राज्ञ सभा सदस्य प्रेम्बन्धु सुवेदीले गर्नु भएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका संस्थापक अध्यक्ष भट्टराईको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा नगरप्रमुख गुरुप्रसाद भट्टराई प्रमुखअतिथि हुनुहन्थ्यो भने अन्य विशिष्ट अतिथिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले थुम्केली, गण्डकी प्रज्ञा– प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, गैंडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका भाषा साहित्य विभाग प्रमुख रामहरि शर्मा अधिकारी र गल्याङ नगर पालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिना हुनुहुन्थ्यो । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष सूर्यप्रसाद डुम्रेबाट स्वागत मन्तव्य , सचिव मिलन समीर र सदस्य जीबी रानाले सहजीकरण गर्नु भएको थियो ।
स्याङ्जा जिल्लामा क्रियाशील साहित्यिक सङ्घसंस्था, सिर्जनशील साहित्यकार सबै आमन्त्रित कार्यक्रममा सदस्यसचिव महराले संविधानले प्रदत्त गरेको स्थानीय तहमा प्रज्ञा–प्रतिष्ठान गठन गर्ने अधिकारलाई गल्याङ नगर पालिकाले कार्यान्वयन गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो । उहाँले गल्याङ प्रज्ञा–प्रतिष्ठानले स्थानीय स्तरबाट संस्कृति र साहित्यका क्षेत्रको संरक्षण र विकासमा महत्त्वपूर्ण कार्य गर्ने अपेक्षा लिँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आवश्यक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गल्याङ शिक्षा शाखा प्रमुख एवम् प्राज्ञ सभा पदेन सदस्य हिमलाल भण्डारी एवम् गुप्तबहादुर श्रेष्ठ, हिमलाल पुरी, डा। अच्युत शरण अर्याल, लेखनाथ काफ्ले, श्यामप्रसाद ढुङ्गाना , देवकी रेग्मी, पशुपति पाण्डे, रामप्रसाद पाण्डे, गमबहादुर गुरुङ, भोजकुमारी पाण्डे, चन्द्र राना, खगेन्द्रप्रसाद अर्याल, ढालबहादुर केसी, दुर्गानारायण ढकाल, दर्वेन्द्रदेव खनाल, लोकहरि पाण्डे, हरिप्रसाद भट्टराई, गोविन्द खनाल, केपी खनाल, पारिश्वर न्यौपाने, डा. विष्णुकुमार सिंजाली, अनन्त अर्याल, वसन्त खनाल, शम्भु अर्यालले साहित्यिक रचना वाचन समेत गरेका थिए । छलफलमा स्रष्टाहरु सरस्वती भट्टराई, मनोज भट्टराई, छविलाल भट्टराई, विष्णुप्रसाद भण्डारी, प्रदीप पाण्डेय, सुजन भट्टराई, तोरणराज बस्याल, दानबहादुर थापा, राजेश शर्मा, टङ्कप्रसाद भण्डारी र नवदुर्गा आमा समूहको सहभागिता रहेको थियो ।