कर्णालीका स्रष्टा/कलाकारसँग अन्तर्क्रिया

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले काठमाडौँलाई कर्मथलो बनाएका कर्णाली प्रदेशका स्रष्टा/कलाकारसँग मिति २०८१ असोज ८ गते मङ्गलबार भेटघाट तथा अन्तक्र्रिया सम्पन्न ग¥यो । प्रज्ञा–प्रतिष्ठानकी लोकसङ्गीत विभाग प्रमुख एवम् कर्णाली प्रदेश संयोजन समितिकी संयोजक प्राज्ञ टिका पुनको अध्यक्षतामा काठमाडौँ नक्सलास्थित प्रज्ञा–प्रतिष्ठानको सभाहलमा आयोजना गरिएको उक्त भेटघाटमा कर्णाली प्रदेशका दर्जन बढी कलाकर्मीको सहभागिता रहेको थियो ।

छलफलमा लोकसंस्कृतिले समृद्ध कर्णाली प्रदेशमा आगामी दिनमा प्रज्ञा–प्रतिष्ठानले के–कस्ता कार्यक्रम गरेर अगाडि बढ्ने भन्ने विषयमा कलाकर्मीसँग महङ्खवपूर्ण राय सुझाव लिने काम भएको नृत्य विभाग प्रमुख प्राज्ञ बखत बहादुर हमालले बताउनुभयो । उहाँको अनुसार कर्णाली प्रदेशको सांस्कृतिक क्षेत्रको उन्नयनमा प्रभावकारी परियोजनाहरु सञ्चालन गर्न प्रज्ञा–प्रतिष्ठानबाट आवश्यक ‘सिड मनी’ को व्यवस्था गरी प्रदेश सरकार, स्थानीय सरकार र क्रियाशील विधागत सङ्घसंस्थालाई समन्वय र सहकार्यमा सम्मिलित गराउन आवश्यक रणनीति तयार गर्ने उद्देश्यले भेटघाट आयोजना गरिएको हो ।

प्रदेश संयोजन समितिकी संयोजक प्राज्ञ पुनले यस आर्थिक वर्षभित्रै कर्णाली प्रदेशका स्रष्टा/कलाकारहरुको यकिन तथ्याङ्क सङ्कलन गर्ने र सिङ्गो कर्णाली प्रदेशको संस्कृति झल्किने गरी राष्ट्रिय स्तरमा महोत्सव गर्ने विषयमा छलफल केन्द्रित भएको बताउनुभयो । छलफलमा संविधान सभा सदस्य केशरी घर्तीमगर, नाट्यकर्मी प्रकाश लामिछाने, संस्कृतिकर्मी उत्तम रिजाल, सांस्कृतिक समाजका सचिव सुकदेव अधिकारी, कलाकार सर्बिङ बोगटी, लोक तथा दोहोरी प्रतिष्ठानका उपाध्यक्ष कृष्ण रेउले, कवि क्षितिज समर्पण, कलाकारहरु अर्जुन सुनाम, धनराज चुनारा, करिश्मा घर्ती, शिव सङ्गीत, सुष्मा शाही, सामना शाही, शक्ति चन्द लगायत सहभागी हुनुहुन्थ्यो ।